वैज्ञानिकको आग्रहमा कुखुरालाई भाङ खुवाइँदै, आखिर किन ?
एन्टिबायोटिक्सबाट बचाउनका लागि थाइल्याण्डका किसानले आफ्ना कुखुरालाई भाङ खुवाइरहेका छन् । थाइल्याण्डको उत्तरमा रहेको शहर लाम्पाङमा कुखुरा फार्म सञ्चालन गरिरहेकाहरुले वैज्ञानिकको आग्रहमा पट–पोल्ट्री प्रोजेक्ट (पिपिपी) सुरु गरेका छन् । यो प्रोजेक्ट चियाङ्ग माई युनिभर्सिटीको कृषि विभागका वैज्ञानिकको आग्रहमा सुरु गरिएको हो । यसबारे सबैभन्दा पहिला रिपोर्ट द नेशनल थाइल्याण्डमा छापिएको थियो ।
किसानले आफ्ना कुखुरालाई एन्टीबायोटिक औषधी दिँदासमेत तिनीहरुलाई एभियन ब्रोन्काइटिस नामको रोगले समातेको बताएका थिए । त्यसपछि यी कुखुरालाई पिपिपी अन्तर्गत भाङ भएका डाइटमा राखियो । यहाँका केही फार्मसँग भाङ फलाउनका लागि लाइसेन्स छ । भाङले कुखुराको स्वास्थ्यमा कस्तो असर पर्यो भन्नेबारे उनीहरुले अब निगरानी गरिरहेका छन् ।
हजारभन्दा बढी कुखुरालाई दिइयो भाङ मिसाइएको खाना
पिपिपी अनुसन्धानमा हजारभन्दा बढी कुखुरालाई विभिन्न मात्रामा भाङको डोज दिइयो । यसो गरेर भिन्न डोजले कुखुरामा पार्ने असर के कस्तो हुन्छ भनेर पत्ता लगाउने कोसिस गरिएको छ । यीमध्ये कतिलाई सिधै पात दिइएको छ भने केहीलाई पानीमा भाङ घोलेर दिइएको छ । त्यसपछि वैज्ञानिकले कुखुरामाथि लगातार निगरानी गरिरहेका छन् । कुखुराको विकास, स्वास्थ्य र यसका मासु र अण्डामा कस्तो फरक पर्ला भन्नेबारे जानकारी लिइँदै छ ।
भाङ खाने कुखुराको मासु र व्यवहारमा फरक छैन
वैज्ञानिकले हालसम्म यो अनुसन्धानको कुनै डाटा प्रकाशित गरेको छैन तर भाङ खुवाइएका कुखुरामध्ये केहीलाई मात्रै एभियन ब्रोन्काइटिस रोगले सताइरहेको छ भन्ने जानकारी भने दिइएको छ । वैज्ञानिकका अनुसार समस्या देखिएकाहरुमा पनि असर निकै न्युन रहेको छ । अनुसन्धानमा भाङ खुवाइएका कुखुराको मासुमा न त कुनै असर देखिएको न यिनीहरुका व्यवहारमा कुनै परिवर्तन देखिएको बताइएको छ । स्थानीयले भाङ खाइरहेका कुखुराको मासु पकाएर खाएको र उनीहरुलाई पनि कुनै समस्या नदेखिएको उक्त अनुसन्धानमा बताइएको छ ।
गाँजा–भाङलाई वैधानिक गर्ने पहिलो एशियाली देश हो थाइल्याण्ड
अब यो अनुसन्धानको सफलतापछि थुप्रै किसान आफ्ना कुखुरालाई भाङ खुवाउने प्रोजेक्टमा समावेश भइरहेका छन् । भाङको प्रयोगले कुनै हानी नभई कुखुरालाई एन्टिबायोटिक र रोगबाट जोगाउने अपेक्षासहित उनीहरु यसमा समावेश भइरहेका छन् । थाइल्याण्डले यसै महिना भाङको विषयमा आफ्नो नियममा थोरै परिवर्तन गरेको छ । थाइल्याण्ड एशियाको पहिलो यस्तो देश हो जहाँ भाङलाई अपराधको सूचीबाट हटाएको छ । तर भाङलाई कुनै अन्य तरिकाले सेवन गरेको पाइएमा कडा सजायको भने प्रावधान छ ।
कानुनमा नयाँ परिवर्तन गरिएपश्चात् थाइल्याण्डमा भाङ र गाँजाका उत्पादन र बिक्रीमाथि लागेको रोक हटेको छ । यसलाई औषधीमा पनि प्रयोग गर्न अनुमति दिइएको छ ।
Thai Farmers Are Feeding Their Chickens Cannabis To Cut Antibiotic Usehttps://t.co/hCZ59IXEU9 pic.twitter.com/3VSuwuycSU
— IFLScience (@IFLScience) June 16, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज