बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मन्त्री अथक स्वदेश फिर्ता, भ्रमण उपलब्धिमूलक भएको प्रतिक्रिया

शुक्रबार, ०३ असार २०७९, १४ : ३७
शुक्रबार, ०३ असार २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् । रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । 

स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्ण रुपमा उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् । रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उनले विश्वास ब्यक्त गरे । 

भ्रमणका दौरान रुसका समकक्षीसँग दुईदेशिय हितको विषयमा विशेष छलफल भएको र रुसले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको मन्त्री अथकले बताए । रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचको विशेष निमन्त्रणामा पहिलो पटक रुसको औपचारिक भ्रमण गरेका मन्त्री अथक र भासिलिभिच बिच नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबीच मैत्रिपूर्ण तथा प्रतिस्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नका लागि छात्रवृत्ति सहयोग लगायत विषयमा छलफल भएको थियो । छलफल पश्चात  “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना” मा दुई पक्षीय सहमती समेत भएको उनले जनाए । 

रुस भ्रमणका क्रममा मन्त्री अथकले गैरआवासीय नेपाली संघ (एनआरएन) का पदाधिकारीहरूसँग समेत भेटघाट गर्नुभएको थियो । नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न रुसमा रहेका नेपालीहरुलाई आग्रह गरेको मन्त्री अथकले बताए । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप