मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

मनाङमा विद्युतीय राहदानी वितरण सुरू

शुक्रबार, ०३ असार २०७९, १४ : १५
शुक्रबार, ०३ असार २०७९

मनाङमा पनि विद्युतीय राहदानी वितरण सेवा सुरू भएको छ । विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिब आठ महिना राहदानी सेवा प्रभावित भएको थियो ।

सरकारले एमआरपी राहदानी वितरण रोकेसँगै मनाङमा बन्द भएको राहदानी सेवा लामो समयपछि पुनः सुचारु भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । उनका अनुसार मनाङले विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र प्राविधिक व्यवस्थापन गरी सेवा सुरू गरेको हो ।

सरकारले देशभरका ७७ वटै जिल्लाबाट विद्युतीय राहदानी सेवा सुरू गर्ने भने पनि हिमाली जिल्लामा त्यसको व्यवस्थापन गर्न ढिलाइ गरेको थियो । जिल्ला प्रशासन कार्यालय मनाङमा सेवाग्राहीको चाप कम भए पनि राहदानी सेवाका लागि भने सेवाग्राही दैनिकजसो आउने गरेका छन् ।

गत १ मंसिरदेखि ई-पासपोर्ट लागु भएसँगै विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप