बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बुटवल–सुनवल सडक खण्डमा ठुला गाडीका लागि वैकल्पिक मार्ग

शुक्रबार, ०३ असार २०७९, १४ : ११
शुक्रबार, ०३ असार २०७९

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–सुनवल खण्डमा पर्ने तुरिया खोलाको डाइभर्सन बाढीले बगाएपछि ठुला सवारी साधनहरूलाई वैकल्पिक  मार्ग प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

बाढीले सुनवलमा डाइभर्सन मार्ग बगाएपछि अब २० टनभन्दा माथि  लोड भएका सवारी आवागमन रोकेर भुमही–परासी सडक खण्ड हुँदै जानेछन् भने बुटवलबाट पूर्वतर्फ जाने सवारी साधनहरू भैरहवा–परासी हुँदै आऊ–जाऊ गर्ने व्यवस्था मिलाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

साना सवारी साधनहरू भने सञ्चालनमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका बुटवल प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले बताए । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले पानीले भत्काएको डाइभर्सन सञ्चालनमा आएपनि  ठुला गाडीका कारण थप क्षति हुन सक्ने भएकोले अझै केही दिनका लागि ठुला गाडीलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्नुपर्ने बताए ।

उनले बुटवल नारायणगढ सडक खण्ड विस्तारका लागि पुल निर्माणको काम पनि अन्तिम चरण पुगेको भन्दै छिट्टै सञ्चालनमा ल्याउने प्रयास जारी राखिएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप