फिफा विश्वकप २०२६ को शहर र रंगशालाको घोषणा
फिफा विश्वकप २०२६ का लागि आयोजक शहर र रंगशालाको घोषणा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको आयोजक शहर र रंगशालाको नाम सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ ।
जसका लागि १६ शहरको १६ रंगशालाको नाम सार्वजनिक गरेको हो । विश्वकपको खेलहरु अमेरिकाको ११ शहर, मेक्सिकोको ३ र क्यानडाको २ शहरमा आयोजना हुनेछ । सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ ।
यस्तो छ, आयोजना हुने शहरहरु
कन्सास सिटी, डलास, एटलान्टा, ह्युस्टन, मोन्टेरी र मेक्सिको सिटी । त्यस्तै पूर्वी क्षेत्रका खेलहरू टोरन्टो, बोस्टन, फिलाडेल्फिया, मियामी र न्यूयोर्क–न्यू जर्सीमा हुनेछन् ।
भ्यानकुभर, सिएटल, सान फ्रान्सिस्को÷बे एरिया, लस एन्जलस र ग्वाडालाजारा हुनेछन् ।
यूएसमा हुने खेलहरु, मर्सिडीज–बेन्ज स्टेडियम (एटलान्टा), एटी एन्ड टी स्टेडियम (डलास), जिलेट स्टेडियम (बोस्टन), एनआरजी स्टेडियम (ह्युस्टन), एरोहेड स्टेडियम (कन्सास सिटी), सोफी स्टेडियम (लस एन्जलस), हार्ड रक स्टेडियम (मियामी) समावेश छन् । मेटलाइफ स्टेडियम (न्यूयोर्क–न्यू जर्सी), लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया), लेभिस स्टेडियम (सान फ्रान्सिस्को) र लुमेन फिल्ड (सिएटल) मा हुनेछन् ।
क्यानडाका खेलहरू बिएमओ (टोरन्टो) र बीसी प्लेस (भ्यानकुभर) मा खेलिनेछन् । मेक्सिकोमा (मेक्सिको सिटी), स्टेडियो बीबीभीए मोन्टेररे र स्टेडियो एकरोन गुआडालाजारा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण