आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

यौन हिंसाको बहसमा देउवा, प्रचण्ड र ओलीलाई पनि राख्नुपर्छ : बिन्दा पाण्डे

शुक्रबार, ०३ असार २०७९, १३ : ५१
शुक्रबार, ०३ असार २०७९

एमाले नेतृ बिन्दा पाण्डेले यौन हिंसासम्बन्धी बहस शीर्ष नेताहरुका बीच हुनुपर्ने बताएकी छन् । महिलाका मुद्दा अब राजनीतिक मुद्दा बन्नुपर्ने भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सँगै राखेर बहस गर्नुपर्ने बताएकी हुन् ।

शुक्रबार राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग र महिला अधिकारका लागि काम गर्ने संस्था संकल्पको संयुक्त आयोजनामा भएको यौन हिंसा सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले महिलाका मुद्दालाई राजनीतिक पार्टीहरुले सम्बोधन गनुपर्नेमा जोड दिइन् । 

उनले भनिन् : ‘जबसम्म राजनीतिक पार्टीहरुले आफ्नो मुद्दा भनेर स्वीकार गर्दैनन् त्यो दिनसम्म महिलाले न्याय पाउन सक्दैनन् । महिलाका बीचमा जति छलफल गरे पनि यो विषयको टुङ्गो लाग्दैन । त्यसैले अब यो राजनीतिक दलहरुले मुख्य स्ट्रिम मुद्दाको रुपमा उठाउनुपर्छ ।’ 

उनले भनिन्, ‘हिजो महिलाहरु बोल्न हिच्किचाउने थिए, विषय बुझेका थिएनन् । त्यसैले महिला सशक्तिकरणमा जोड दिन आवश्यक थियो । महिलाको विषयमा छलफल गर्न महिला मात्रै नभएर पार्टीका प्रमुख नेताहरुसँग छलफल गर्नुपर्छ ।’ 

राजनीति पार्टीहरूमा पुरुष नेता मात्र नरहेको बताउँदै उनले भनिन्, ‘पुरुष मात्रै पार्टीका नेता होइनन् । महिला नेतालाई पनि पार्टीको नेताको हैसियतले बोलाउनुपर्छ, भाषामा पनि विभेद नगरौ ।’ विषय उठानमा मात्र नभई सुनुवाइमा समेत समस्या भएको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप