बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

२ घण्टाको सेयर बजार : ७ अंकले घटेर ‘मार्केट क्लोज’

शुक्रबार, ०३ असार २०७९, १८ : ०३
शुक्रबार, ०३ असार २०७९

शुक्रबार सेयर बजार परिसूचक नेप्से ७ अंकले घटेर बजार बन्द भएको छ । पहिलो पटक २ घण्टाका लागि खोलिएको बजारमा आज नेप्से सूचक ७.५७ अंकले घटेर १९ सय ७१.३६ अंकमा झरेको हो ।  ७ अंक माथिले घटेको बजारमा आज कारोबार रकम समेत ७३ करोड ६२ लाख रुपैयाँ बराबरको मात्र भएको छ । यद्यपि, यस बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टाका लागि मात्र बजार खुलेको थियो ।

सरकारले गत जेठ महिनाभर टेस्टिक पिरियडको रुपमा शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिएसँगै सेयर बजारको समय समेत फेरिएर सोमबारदेखि शुक्रबार खुल्ला गरिएको थियो । तर एक महिना पुरा नहुँदै सरकारले पुनः आइतबारको विदा खारेज गरेसँगै नेप्सेले आइतबार सहित शुक्रबार सातामा ६ दिन नै बजार खुल्ला गर्ने निर्णय गरेको थियो । 

पछिल्लो निर्णय भएपछिको पहिलो दिन नै ७ अंक माथिले घटेको बजारमा आज म्युचुअल फन्ड बाहेकका अन्य सबै उपसूचक ऋणात्मक भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप