आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

लक्ष्मी बैंकको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

शुक्रबार, ०३ असार २०७९, १३ : ०७
शुक्रबार, ०३ असार २०७९

लक्ष्मी बैंक लिमिटेडको ३ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्री खुल्ला भएको छ । बैंकले शुक्रबारदेखि आफ्नो विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको कुल ३ लाख ३० हजार २०० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको हो । 
इच्छुक संस्थापक सेयरधनीहरुले थप सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । पहिलो प्राथमिकता संस्थापक सेयर धनीहरुलाई नै दिएको बैंकले संस्थापकबाट खरिद नभएमा अन्य बाह्य व्यक्ति तथा संस्थाहरुलाई समेत सेयर बिक्री गर्न सकिने जनाएको छ । 

लगानीकर्ताले बैंकको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा लिखित आवेदन दिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप