बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तपाईंको पनि खुट्टा निदाउँछन् ? कतै यस्ता रोगको संकेत त होइनन् ?

शुक्रबार, ०३ असार २०७९, १२ : ३४
शुक्रबार, ०३ असार २०७९

लगातार बसिरहँदा तपाईंको खुट्टा निदाउन सक्छ । खुट्टा निदाउँदा कसैले पिन वा सियोले घोचिरहेको जस्तो महसुस हुन्छ । कतिपय अवस्थामा त खुट्टा निदाउँदा असाध्यै दुख्छ पनि । खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो । यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ ।

खुट्टा निदाउँदा सेन्सेसन घुँडा मुनि वा खुट्टाका विभिन्न हिस्सामा महसुुस हुन्छ । त्यसैले खुट्टा निदाउनुको कारण थाहा पाउन अत्यावश्यक छ । यसो गर्दा कुनै गम्भीर रोगको खतराबारे पहिले नै जानकारी लिन सकिन्छ ।

खुट्टा निदाउनुका कारणः

यदि कसैलाई लामो समयसम्म खुट्टा निदाउने र झम्झमाउने  हुन्छ भने यस्तो केन्द्रीय स्नायु प्रणालीलाई प्रभावित गर्ने स्थिति मल्टिपल स्केलेरोसिस (एमएस), मधुमेह, धमनी रोग वा फाइब्रोमायल्गियाजस्ता स्थितिको कारण पनि भइरहेको हुनसक्छ । तर यसका लागि डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।

यसबाहेक खुट्टा निदाउनुका केही साधारण कारण पनि छन्, त्यसबारे जानकारी लिऔँ ।

१. पोश्चर (शारीरिक अवस्था)

यदि कोही लामो समयसम्म गलत पोश्चरमा बस्छन् भने उनीहरुको लोअर बढी निदाउन सक्छ । कतिलाई त यो समस्यका कारण निद्रा पनि लाग्दैन जसलाई मेडिकलको भाषामा प्यारेस्थेसिया भनिन्छ । केही साधारण बानीका कारण खुट्टा निदाउने गर्छन्, ती हुन्ः

– धेरै बेसम्म पलेटी कसेर बस्दा

– लामो समयसम्म बसिरहँदा

– खुट्टामा दबाब पर्ने गरी बसिरहँदा

– कस्सिएको जुत्ता, पाइन्ट र मोजा लगाउँदा

– चोट

२. मधुमेह

मधुमेह भएका मानिसहरुमा एक खालको ‘नर्भ ड्यामेज’ भएको हुनसक्छ जसलाई डायबिटिज न्युरोप्याथी भनिन्छ । डायबिटिज न्युरोप्याथीमा खुट्टा निदाउने, झम्झमाउने र दुख्नेलगायतका समस्या देखिन सक्छ ।

३. तल्लो कम्मर दुख्ने समस्या वा साइटिका

पिठ्यूँको तल्लो हिस्सामा समस्याहरु जस्तै मेरुदण्डको हड्डी भाँच्चिदा नसा खुम्चिने गर्छ । यसका कारण पनि खुट्टा निदाउने गर्छ । यस्तै साइटिकामा साइटिक नसा हुन्छ जुन कुहिनोदेखि खुट्टाको पछाडि हुँदै कुर्कच्चासम्म जान्छ । यसमा दुखाईका कारण पनि खुट्टा निदाउने गर्छ ।

४. टार्सल टनल सिन्ड्रोम

टार्सल टनल सिन्ड्रोम त्यतिबेला हुन्छ जब खुट्टाको पछाडिबाट घुँडाको भित्री भागसम्म जाने नसा खुम्चिने गर्छ । टार्सल टनेल घुँडाको भित्री भागमा साँधुरो क्षेत्र हो । यो समस्यामा पनि खुट्टा निदाउने र झम्झमाउने हुन्छ ।

५. प्यारिफेरस आर्टरी डिजिजः

प्यारिफेरल आर्टरी रोग खुट्टा, हात र पेटमा रक्त धमनी खुम्चिँदा हुने गर्छ । यसो हुँदा रगतको मात्रा कम हुने गर्छ र रक्त सञ्चार पनि कम हुन्छ । त्यसैले खुट्टा निदाउने गर्छ ।

६. स्ट्रोक र मिनी स्ट्रोक

स्ट्रोक र मिनी स्ट्रोक ब्रेन ड्यामेजका कारण बन्न सक्छ । स्ट्रोक वा मिनी स्ट्रोक कहिलेकाँही शरीरका केही हिस्सामा अस्थायी वा लामो समयसम्म हुने झम्झमाहटको कारण बन्न सक्छ ।

७. रक्सीको सेवनः
रक्सीमा पाइने टक्सिनले खुट्टाको नसामा क्षती पुर्याउने एउटा कारण बन्ने गर्छ । लामो समयसम्म धेरै रक्सीको सेवन गर्दा नसा खराब हुनसक्छ जसका कारण खुट्टा निदाउने समस्या देखिन सक्छ ।

खुट्टा निदाउनुको उपचारः

यदि खुट्टा छोटो समयका लागि मात्रै निदाउँछ भने त्यसका केही घरेलु उपचार पनि हुनसक्छन् । जस्तै, आराम गर्ने, बरफ लगाउने, तातो बनाउने, व्यायाम गर्ने, नुन पानीमा खुट्टा भिजाएर राख्ने, मसाज गर्ने आदि । तर यदि खुट्टा लामो समयसम्म बारम्बार निदाइरहन्छ भने डाक्टरलाई सम्पर्क गर्नुहोस् । यदि यो कुनै रोगको संकेत हो भने समय हुँदा नै यसको उपचार गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप