एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

नेपालले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । मलेसियामा शुक्रबार भएको खेलमा भुटानलाई ५० रनले हराएको हो । यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७ ओभर ५ बलमा अलआउट हुँदै ४४ रन मात्र बनायो ।
भुटानका लागि छिरिङ जान्ग्मोले सर्वाधिक १६ रन जोडिन् । यस्तै एनगावाङ छोडेनले ८ तथा सोनाम छोडेनले ५ रन जोडिन् । बलिङतर्फ नेपालका लागि संगीता राईले ४ विकेट लिइन् । यस्तै कविता कुँवरले २ तथा अश्मिना कर्माचार्य,सीता रानामगर र इन्दु वर्माले १-१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियोे । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोड्दा इन्दु बर्माले २० रन जोडिन । कप्तान रुबिना क्षेत्रीले २१ रन जोडे भने डोली भट्टले ५ रन बनाए ।
बलिङतर्फ भुटानकी सोनम पाल्डोनले ४ तथा अन्जु गुरुङ र टासी छेकीले ११ विकेट लिए ।