श्रीलङ्काका प्रधानमन्त्रीले आर्थिक पुनरुत्थानको मार्गचित्र प्रस्तुत गर्ने
शुक्रबार, ०३ असार २०७९, ११ : ४८
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्मा मार्गचित्र प्रस्तुत गर्ने भएका छन् । विक्रमासिङ्घेले वर्तमान आर्थिक अवस्थाबारे छलफल गर्न बिहीबार राति भेटेका सांसद्हरूबाट प्रस्ताव र सुझाव लिएर यो रोडम्याप बनाइने बताए ।
बिहीबार राति अर्थ मन्त्रालयका सचिव महिन्दा सिरिवर्द्धनाले वर्तमान आर्थिक सङ्कटबाट बच्न सरकारको अल्पकालीन र मध्यकालीन रणनीतिबारे सांसद्हरूलाई जनाकारी दिएका हुन् । पछिल्लो समय श्रीलङ्का स्वतन्त्र भएपछि सबैभन्दा गम्भीर आर्थिक सङ्कटको सामना गरिरहेको छ ।
देशको सरकारी इन्धन वितरक सिलोन पेट्रोलियम कर्पोरेशनले आफूसँग ५ हजार मेट्रिक टन मात्रै पेट्रोल रहेको र यसरी दैनिक ५ सय मेट्रिक टन मात्रै ग्यास पसलमा निकासी हुने गरेको बताएको छ । देशमा हाल चरम इन्धन सङ्कट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त