बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व बैंकद्वारा डिजिटल नेपाल परियोजनाका लागि १७ अर्ब रुपैयाँ स्वीकृत

शुक्रबार, ०३ असार २०७९, ११ : ३७
शुक्रबार, ०३ असार २०७९

विश्व बैंकले नेपाललाई ‘डिजिटल नेपाल एक्सेलेरेसन (डीएनए) परियोजनाका लागि १४० मिलियन अर्थात् १७ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग दिने भएको छ । बिहीबार एक कार्यक्रमकाबीच विश्व बैंकका कार्यकारी निर्देशकले उक्त परियोजनाका लागि आर्थिक सहयोग स्वीकृत गरेका हुन् ।

डीएनए परियोजनाले ब्रोडब्यान्डमा पहुँच विस्तार गर्नुका साथै वित्तीय पहुँचमा धेरैभन्दा धेरै जनसंख्यालाई जोड्न सकिने बताइएको छ । ‘डिजिटल रुपान्तरणलाई अँगाल्ने देशहरूले हरियो, लचिलो र समावेशी विकासमा उन्नती गर्नेछन्’ नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसले भनेका छन् ।

डिजिटल अर्थतन्त्रले मानिसहरू र व्यवसायहरूलाई सूचना, सेवा र बजारसँग जोड्न मद्दत पुग्ने विश्व बैंकको विश्वास छ । यो परियोजनाले देशको डिजिटल अर्थतन्त्र डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा समेत सहयोग पुग्ने बैंकले बताएको छ ।

किफायती ब्रोडब्यान्ड सेवाहरूमार्फत विशेष गरी ग्रामीण क्षेत्रका मानिसहरू, व्यवसायमा जोडिएकाहरू र सुधार मार्फत डिजिटल सरकारी सेवाहरुको वितरणलाई समेत समर्थन र सुरक्षित गर्ने बताइएको छ । परियोजनाले नेपालको डाटा पूर्वाधार, साइबर सुरक्षाका साथै डिजिटल प्रविधिमा विशेष भूमिका खेल्नुका साथै यसबाट महिला, आदिवासी नजाती र सामाजिक अल्पसंख्याहरूको पहुँच विस्तार गरिने बताइएको छ भने परियोजनाले कम्तिमा एक हजार ५०० व्यक्तिका लागि डिजिटल प्रयोगका बारेमा राम्रो तालिम प्रदान गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप