शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यो सातादेखि आइतबारसहित शुक्रबार पनि सेयर कारोबार हुने

शुक्रबार, ०३ असार २०७९, ११ : २७
शुक्रबार, ०३ असार २०७९

यो सातादेखि आइतबारसहित शुक्रबार पनि सेयर कारोबार हुने थालेको छ । सरकारले आइतवारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले  आइतबारसहित शुक्रवार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको थियो ।  सोहीअनुसार आइतबारसहित  शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।

आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रबार सेयर कारोवार खुला गरेर आइतबार बन्द गर्दै आएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप