एसपीपी प्रकरणमा छानविन समिति बनाउन भीम रावलको माग
नेकपा एमालेका नेता भीम रावलले एसपीपी प्रकरणबारे छानविन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा पुर्व रक्षामन्त्री समेत रहेका रावलले परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपी सम्झौतालाई कोट्याउँदा सबै कुरा छताछुल्ल हुन्छ भन्नु गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए ।
‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं, यो प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन आग्रह गर्दछु’, रावलको माग छ ।
उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणको एजेन्डा के हो परराष्ट्रमन्त्रीले किन खुलाउनुभएन ? भन्दै प्रश्न समेत गरे । ‘परराष्ट्रमन्त्रीले अमेरिकी मन्त्रीले तिब्बती शरणार्थीको क्याम्प भ्रमणलाई राष्ट्रिय हितको बिषय भएको बताउनुभएको छ त्यो कुरा म यो समितिमा उपलब्ध गराउन सक्छु’, रावलले ‘यस्तो परराष्ट्रमन्त्री भएपछि नेपालको परराष्ट्रनीति कसरी कार्यान्वयन हुनसक्छ ?’ भनेर सरकारलाई प्रश्न गरे ।
उनले नेपाली सेनाले अमेरिकालाई पत्र लेखेकोबारे प्रष्ट पारेकोमा धन्यवाद दिँदै भने, ‘तर एक दिनअघि पत्र लेखेको छैन भनेर स्पष्टीकरण दिने अनि अर्को दिन पत्र सार्वजनिक भएपछि स्वीकार गर्ने ? यसले सेनाको छविलाई कस्तो असर पार्छ । यसबारे बिचार गर्न आवश्यक छ ।’
नेता रावलले अमेरिकाले एसपीपी कार्यक्रममा सहभागी नहुने हो भने नेपालले पत्र लेख्न सक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री र प्रधानमन्त्री मौन बस्नुको जवाफ दिनुपर्ने बताए । ‘मौन बस्नुको अर्थ के हो ?’, रावलको प्रश्न छ ।
समितिको आजको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले 'एसपीपी प्रकरणको च्याप्टर क्लोज भयो, अब नखोतलौँ' भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको