शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘राधा प्यारी’मा रोमान्टिक गरिमा

शुक्रबार, ०३ असार २०७९, १० : ४४
शुक्रबार, ०३ असार २०७९

मोडल गरिमा शर्मा अभिनित म्युजिक भिडियो ‘राधा प्यारी’ सार्वजनिक भएको छ । 

रोमान्टिक थिममा रहेको गीतको म्युजिक भिडियोमा पनि प्रेमकथा देखाउन खोजिएको छ । जसमा गरिमालाई मोडल प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् । भिडियोमा गरिमा राधा र प्रिन्स कृष्णको भुमिकामा छन् ।

गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर गीतमा  सिएल शर्माको शब्द तथा संगीत छ । गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् । 

बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन मिलन विश्वकर्माको सम्पादन छ । भिडियो इनाक्छी इन्टरटेनमेन्टले बाहिर ल्याएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप