मन्त्री आले फेरि पनि विवादमा, राजीनामाको दबाब
शुक्रबार, ०३ असार २०७९, ०९ : ४८
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन्। अपशब्द प्रयोग गर्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुव्यर्वहार गरेका सुनिने अडियो सार्वजनिक भएसँगै उनको आलोचना भएको छ ।
यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भए पछि विवादमा तानिएका थिए । मन्त्री आलेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आएका छन् । सो अडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनको राजीनामा माग गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का