आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आगामी वर्षको बजेट प्रदेशको आर्थिक समृद्धिमा केन्द्रित : मन्त्री रावल

शुक्रबार, ०३ असार २०७९, ०९ : ३२
शुक्रबार, ०३ असार २०७९

सुदूरपश्चिम प्रदेशका आर्थिक मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिलाई केन्द्रित गरेर प्रस्तुत भएको बताएका छन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटबारे बिहीबार आयोजित पत्रकारमा मन्त्री रावलले बजेट व्यवस्थित, सन्तुलित र समग्र क्षेत्रलाई समेटेर प्रस्तुत भएको दाबी गरे । 

उनले बजेटले विशेषतः प्रदेश गौरवका आयोजना, अधुरा तथा क्रमागत रहेका बहुवर्षिय पूर्वाधार योजनालाई प्राथमिकतामा राखेर पेश भएको बताए । उनले उत्पादन क्षेत्रको बृद्धि गर्दै आयात प्रतिस्थापन गरि निर्यातलाई जोड दिने गरि कृषि क्षेत्रमा योग्दान पुर्याउने गरि विनियोजन गरिएको बताए ।

उनले नौगाड र सुर्नयामा जलविद्युत आयोजना सञ्चालनमा ल्याउन नीजि, सरकारी, सहकारी र व्यक्तिको लगानीको अवधारणालाई अघि बढाएको बताए । मन्त्री रावलले सबै मन्त्रालयको प्रतिवेदन र सुझावका आधारमा कार्यक्रम र योजनाहरू बजेटमा समावेश गरिएको बताए ।

उनले भने, ‘बाहिरका हल्लाका पछि नलागौं । बजेट सबैको सल्लाह, सुझाव र छलफलबाटै पेश भएको हो ।’ उनले प्रदेशमा अझै पनि प्राविधिक जनशक्ति अभाव रहँदा पुँजिगततर्फको वित्तिय प्रगतिमा सन्तोषजनक हुन नसकेको बताए ।

मन्त्री रावलले टीकापुर अस्पताल, सेती र महाकाली प्रादेशिक अस्पताललाई जोडेर स्वास्थ्य शिक्षा विज्ञान प्रतिष्ठान प्रदेश सरकार आफैले संचालनमा ल्याउने गरि बजेटमा समावेश गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप