
प्रधानमन्त्री देउवा सुदूरपश्चिम भ्रमणमा

प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) र शनिबार सुदूरपश्चिममा रहने भएका छन् । प्रधानमन्त्री देउवाले गृहप्रदेशको दुई दिने भ्रमण गर्ने कार्यतालिका छ । प्रधानमन्त्री देउवा आज कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरूको दीक्षित समारोहमा सहभागी हुने कार्यक्रम छ ।
विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा, शिक्षा मन्त्री देवेन्द्र पौडेललगायतको सहभागिता रहने छ । समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रोफेसर एसके जोशी पनि आउने बताइएको छ ।
यस्तै प्रधानमन्त्री देउवाको भोलि धनगढीमा कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले शनिबार विहान धनगढी उपमहानगरपालिका प्राङ्गणमा बनेको नवनिर्मित भवनको समुद्घाटन गर्ने कार्यक्रम छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ