शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रक्तदान गर्नुअघि यी ६ गल्ती गर्दा स्वास्थ्यलाई हानि

शुक्रबार, ०३ असार २०७९, ०८ : १९
शुक्रबार, ०३ असार २०७९

मानिसमा रक्तअल्पत्ताको समस्या आजकल धेरैमा छ । खानपानको कमी र सन्तुलित आहार नलिँदा आजकाल धेरै मानिसहरु शरीरमा रगतको कमीबाट ग्रसित छन् । यद्यपि, केही मानिसहरूलाई केही विशेष अवस्थामा पनि रगतको आवश्यकता हुन सक्छ । अस्पतालमा धेरै अवस्थामा बिरामीलाई रगत चाहिएको हुन्छ । गर्भावस्था, दुर्घटना र अन्य धेरै अवस्थामा, डाक्टरहरूले अक्सर बिरामीलाई रगत दिनुपर्ने हुनसक्छ । तर अस्पतालमा पर्याप्त रगत नहुँदा परिवारका सदस्य वा ब्लड बैंकबाट रगत लिनुपर्ने अवस्था प्रायः देखिएको छ ।

रक्तदान, जीवनदान भन्ने कुरा हामीले धेरै अघिदेखि सुन्दै आएका छौँ ।  खाँचोमा परेकाले समयमै रगत पाउन सकून् भनेर धेरैले रक्तदान गर्ने गर्छन् वा ब्लड बैंकमा रगत जम्मा गर्छन् । किनभने समयमै रगत नपाउँदा धेरैले ज्यान गुमाउन सक्ने अवस्था आउन सक्छ । त्यसैले हामी सबैले रक्तदान गर्ने प्रयास गर्नुपर्छ, यो हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हो । यसले तपाईंको शरीरमा नयाँ रगत बनाउन अनुमति दिन्छ, र रगतलाई पनि शुद्ध गर्दछ । तर रक्तदान गर्नुअघि धेरै कुरामा ध्यान दिनुपर्छ । रक्तदान गर्नुअघि केही गल्तीले स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ । यस लेखमा, हामी तपाईलाई त्यस्ता ६ कुरा ९रक्तदान गर्दा नगर्ने गल्तीहरू० बारे बताइरहेका छौं जुन तपाईले रक्तदान गर्नु अघि ध्यानमा राख्नुपर्दछ ।

यी ६ गल्तीहरु तपाईले रक्तदान गर्नु अघि नगर्नु होला

१. रक्तदान गर्नु अघि शरीरलाई पर्याप्त आराम नदिनु

यदि तपार्इं रक्तदान गर्ने योजना गर्दै हुनुहुन्छ भने तपार्इंले अघिल्लो रात पर्याप्त सुत्न आवश्यक छ । यसो गर्दा रक्तदान गर्दा ऊर्जावान रहन सकिन्छ । यदि तपाईंले यसो गर्नुभएन भने रगत दान गरेपछि तपाईंलाई थप थकान, चक्कर लाग्ने वा कमजोरी महसुस हुन सक्छ ।

२. आफ्नो स्वास्थ्यको ख्याल नगर्नु

रक्तदान गर्नुअघि आफ्नो स्वास्थ्यको ख्याल राख्नु अति आवश्यक छ । यदि तपाईं  स्वस्थ महसुस गरिरहनुभएको छैन वा मौसमी रोग (रुघा–खोकीलगायतका समस्या) सँग जुध्दै हुनुहुन्छ भने तपाईंले रक्तदान नगरेकै राम्रो । किनभने यसले तपाईंको वर्तमान अवस्थालाई बिगार्न सक्छ । साथै, यसले तपाईंको रक्तदान गर्ने क्षमतालाई असर गर्न सक्छ ।

३. पौष्टिक खाना नलिनु

रक्तदान गर्नुअघि शरीरलाई पर्याप्त पोषण दिनु अति आवश्यक हुन्छ । आइरन, भिटामिन सी जस्ता पोषक तत्वले भरिपूर्ण आहार खानुहोस्,  ताकि रक्तदान गरेपछि कमजोरी नहोस् । तपाईले रातो मासु, माछा, कुखुरा, किडनी बीन्स, दाल, पालक, नट र ड्राई फ्रुट्सका साथै बीउ खान सक्नुहुन्छ ।

४. पर्याप्त पानी नपिउनु

रक्तदान गर्नु अघि शरीरलाई हाइड्रेटेड राख्नु धेरै महत्त्वपूर्ण छ । शरीरमा पानीको मात्रा पर्याप्त रहँदा शरीरमा ऊर्जावान् रहन्छ र रक्तदान गरेपछि थकान र कमजोरी महसुस हुँदैन । त्यसैले, रक्तदान गर्नु अघि र पछि पर्याप्त पानीको साथमा अधिक तरल पदार्थ सेवन गर्ने प्रयास गर्नुहोस् ।

५. धुम्रपान र रक्सीको सेवन गर्नु

रक्तदान गर्नुभन्दा कम्तिमा २४ घन्टाअघि मदिरा सेवन गर्न सिफारिस गरिँदैन । साथै, कम्तिमा २ घण्टा अघि धुम्रपान नगर्न सल्लाह दिइन्छ । यसले तपाईंको रगतको गुणस्तरलाई असर गर्न सक्छ ।

६. खाली पेटमा रगत दान गर्नु

खाली पेटमा बिर्सेर पनि रक्तदान गर्ने गल्ती गर्नु हुँदैन । यसो गर्दा रक्तदान गरेपछि ठूलो समस्या निम्तिन सक्छ । थकान र कमजोरीको साथै चक्कर लाग्न सक्छ । त्यसैले रक्तदान गर्नुअघि खाना खानुपर्छ ।

यसलाई पनि ध्यानमा राख्नुहोस्ः

रक्तदान गरेपछि शरीरलाई आराम दिनुहोस्, केही तरल पदार्थ पिउनुहोस् र केही बेर सुत्नुहोस् । फलफूलको रस पिउनुहोस्, यसले रिकभरीमा मद्दत गर्नेछ । १८ देखि ६५ वर्ष उमेर समूहका जो कोहीले पनि रक्तदान गर्न सक्छन् । तर स्वस्थ व्यक्तिले मात्र रक्तदान गर्न सक्छन् । कुनै पनि व्यक्तिले ३(४ महिनामा एक पटक रक्तदान गर्न सक्छ ।

ओन्ली माई हेल्थ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप