बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टेक्ससका लागि पर्यटन दूतमा एनआरएन अभियानकर्मी सुवेदी नियुक्त

शुक्रबार, ०३ असार २०७९, ०७ : ५५
शुक्रबार, ०३ असार २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली (एनआरएन) अभियानकर्मी रामकुमार सुवेदीलाई टेक्सस, अमेरिकाका लागि अवैतनिक पर्यटन दूतमा नियुक्त गरेको छ । नेपाल सरकारको पर्यटन मन्त्रीस्तरीय यही असार १ गते ९१५ जुन २०२२० को बैठकले उहाँलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो ।

मन्त्रालयले सुवेदीलाई दिएको नियुक्तिपत्रमा  नेपाली दूतावास, गैर आवासीय नेपाली सङ्घ, पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित सरोकारवाला निकायसँगको सहकार्यमा नेपालको पर्यटन प्रवद्र्धनका लागि  योगदान पु-याउने विश्वास गरिएको छ ।

झापा जिल्लाको अर्जुनधारा नगरपालिकामा जन्मेका सुवेदी दुई दशकअघि स्थायी अनुमतिपत्र सहित सपरिवार अमेरिका पुग्नुभएको थियो । उनी गैरआवासीय नेपाली सङ्घ अमेरिकाज क्षेत्रीय उपसंयोजक छन् भने विगतमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरेका थिए । कविता, गीत, गजल र मुक्तक लेख्ने सुवेदी नेपाली साहित्यमा राम अविरामको नाममा सुपरिचित छन् ।

सुवेदीले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा गरेको छ । नवनियुक्त पर्यटन दूत सुवेदीले अमेरिकाका लागि नेपालको अवैतनिक पर्यटन दूतको पदमा नियुक्त गरिदिनुभएकामा पर्यटनमन्त्री प्रेमबहादुर आलेप्रति आभार प्रकट गरे । 

उनले आफूमाथि मन्त्री आलेको अटल विश्वासलाई सदा कायम राख्ने, नेपाल र नेपालीको शीर सदा उच्च राख्ने एवं नेपालको उन्नति प्रगतिमा हिजोभन्दा आज अझ बढी गर्न सक्ने आँट र अठोटसमेत गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप