मर्स्याङ्दीमा विद्युत् उत्पादन वृद्धि
शुक्रबार, ०३ असार २०७९, ०७ : ४६

अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाउ बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो ।
सुक्खा याममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेको थियो । हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिए । केन्द्रका तीन युनिटबाट २३–२३ मेगावाटका दरले विद्युत् उत्पादन भइरहेको छ । तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी र खोलामा पानीको बहाउ बढेसँगै विद्युत् उत्पादन बढेको हो ।
उक्त केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु