बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप : नेपालले आज भुटानको सामना गर्दै

शुक्रबार, ०३ असार २०७९, ०६ : ००
शुक्रबार, ०३ असार २०७९

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप आजबाट मलेसियामा सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्ने भएको छ । 

यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८:४५ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

च्याम्पियनसिपमा नेपाल समूह बीु मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह 'ए' मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप