बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

क्रिकेटको प्रतिभा खोजी

बिहीबार, ०२ असार २०७९, २३ : २२
बिहीबार, ०२ असार २०७९

मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट विभागले ‘टयालेन्ट हन्ट’ (प्रतिभाको खोजी) मार्फत देशभरबाट क्रिकेट खेलाडी छनौटको सुरुवात गरेको छ । सोही कार्यक्रम अन्तर्गत बिहिबार प्रदेश १ मोरङको विराटनगरबाट विभागले “अन्डर १८ ईमर्जिङ्ग स्टार क्रिकेट टुर्नामेन्ट २०७९” औपचारिक सुरुवात गरेको हो ।

मदन भण्डारी स्मृति दिवसको अवसरमा सुरु भएको उक्त कार्यक्रमको मदन भण्डारी स्पोर्टस एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले जननेता भण्डारीको तस्विरमा माल्यापर्णसँगै अम्पायरलाई बल हस्तान्तरण गरी उद्घाटन गरिन् ।

दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा तीन टिमको सहभागिता रहेको विभागका अध्यक्ष एवम पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले जानकारी दिए । विभिन्न तीन टिममा सहभागी ४० जना खेलाडीहरु प्रदेश १ का सवै जिल्लाबाट ट्यालेन्ट हन्टमार्फत छनौट गरिएको उनले बताए । दुई दिने प्रतियोगिता पश्चात प्रदेश १ को टिम तयार गरिने समेत उनले जानकारी दिए ।

छनोट गरिएका खेलाडीहरुलाई प्याट्रोटिक क्रिकेट एकेडेमी सेन्टर, मिल्स क्रिकेट एकेडेमी ट्रेनिङ सेन्टर र बिराटनगर क्रिकेट क्लव ट्रेनिङ एकेडेमीमा विभाजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष गौचनले बताए । प्रतियोगिता २५÷२५ ओभरको हुनेछ ।

‘ट्यालेन्ट हन्ट’ मेची–महाकाली अभियानमार्फत सातै प्रदेशमा प्रतिभावान खेलाडीको पहिचान गरी आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताका लागि सक्षम बनाइने उपमहासचिव श्रेष्ठले बताइन् । एकेडेमीले यो महिना क्रिकेटसँगै अन्य ८ वटा खेलको आयोजना गरी जननेता मदन भण्डारी स्मृति दिवस मनाउने योजना रहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप