मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

पाकिस्तानी प्रधानमन्त्रीभन्दा उनकी श्रीमती धनी, पूर्व प्रधानमन्त्री खान चार बाख्राका मालिक !

बिहीबार, ०२ असार २०७९, २२ : २०
बिहीबार, ०२ असार २०७९

दुई जोईका खसम पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएको पाइएको छ ।  निर्वाचन आयोगमा पेश गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शरीफ र उनका पूर्ववर्ती खानका पत्नीसँग आफ्ना पतिभन्दा अधिक सम्पत्ति रहेको पाइएको हो । 

पूर्वप्रधानमन्त्री इमरान खानसँग दुई लाख पाकिस्तानी रूपैयाँ पर्ने चारवटा बाख्रा छन् । अंशवण्डामा प्राप्त उनीसँग छ किसिमका  सम्पत्ति छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष खानसँग न त गाडी छ न देश बाहिर सम्पत्ति नै । उनले कतै लगानी लगानी गरेका छैनन् । 

खानसँग विदेशी मुद्रा खातामा तीन लाख २९ हजार एकसय ९६ अमेरिकी डलर, पाँचसय १८ स्टर्लिङ् पाउन्ड र ६ करोड  पाकिस्तानी रूपैयाँ छ । खानकी श्रीमती बुशरा बीबीको चार प्रकारका अचल सम्पत्तिसहित कुल सम्पत्ति १४ करोड २१ रूपैयाँको जायजेथा छ ।  

प्रधानमन्त्री शहबाज शरीफकी जेठी जाया नुसरत शहबाजसँग पनि आफ्नो लोग्नेकोभन्दा धेरै सम्पत्ति छ । उनीसँग २३ करोड २९ लाखको सम्पत्तिसँगै लाहोर र हजारामा नौवटा कृषि सम्पत्ति र दुवै ठाउँमा एक–एक घर छन् । उनले विभिन्न क्षेत्रमा लगानी गरेकी दैनिक अखबार डनले छापेको छ । 

प्रधानमन्त्री शरीफसँग १० करोड ४२ लाख रूपैयाँ बराबरको सम्पत्ति छ भने १४ करोड ७८ लाखको दायित्व छ । प्रधानमन्त्रीकी कान्छी जीवनसंगिनी तेहमिना दुर्रानीको सम्पत्ति केही वर्षदेखि करिब ५७ लाख रुपैयाँ रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप