आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बलियो नेपाल यू–१५ : मदेश प्रदेश र लुम्बिनी प्रदेशको जित

बिहीबार, ०२ असार २०७९, २१ : २२
बिहीबार, ०२ असार २०७९

बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी बलियो नेपाल यू १५ क्रिकेट प्रतियोगिताको दोस्रो दिन बलियो लुम्बिनी प्रदेश र बलियो मधेश प्रदेश विजयी भएका छन्।

मुलपानी मैदानमा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा बलियो लुम्बिनी प्रदेशले बलियो गण्डकी प्रदेशलाई ३५ रनले पराजित गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको बलियो लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन जोडेको थियो। 

उसका लागि रौनक श्रीवास्तवले सर्वाधिक ५३ तथा सन्दिप गौतमले २९ रनको योगदान गरे। बलियो गण्डकीका सूर्य बिकले ३ विकेट हात पारेका थिए। जवाफमा १३१ रनको बिजय लक्ष्य लिएर मैदान उत्रिएको बलियो गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९५ रन मात्र जोड्न सक्यो। गण्डकीका कप्तान सिब्रिन श्रेष्ठले ३२ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन्। बलियो लुम्बिनीको बलिङ्ग तर्फ खेलको प्लेयर अफ दि म्याच चुनिएका कारण घर्ती मगरले केवल १३ रन खर्चिएर ५ विकेट हात पारे।

यस्तै दिनको दोस्रो खेलमा बलियो मधेश प्रदेशले बलियो बागमती प्रदेशमाथि ८ विकेटको सहज जित दर्ता गर्यो । टस जितेर ब्याटिङ्ग रोजेको बलियो बागमती प्रदेशले १६.३ ओभरमा सबै विकेट गुमाउनु अघि ५० रन मात्र बनाउन सक्यो। उसका लागि श्रेयान्शु कोइराला र रोमन बिस्टले समान १०/१० रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलियो बागमती प्रदेशलाई सस्तैमा समेट्न बलियो मधेश प्रदेशका अजय यादव र अफारुद्दीन रेनले समान ३/३ विकेट हात पारे।

जवाफमा ५१ रनको सामान्य लक्ष्य बलियो मधेश प्रदेशले ७.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। उसका रंजन यादवले अविजित ३० रन तथा राहुल महतोले १४ रनको योगदान गरे। खेलको प्लेयर अफ दि म्याच बलियो मधेश प्रदेशका अफारुद्दीन रेन घोषित भए। प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम दिनको पहिलो खेलमा शुक्रवार बलियो लुम्बिनी र बलियो प्रदेश १ तथा दोस्रो खेलमा बलियो ११ र बलियो मधेश भिड्ने छन्। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप