शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

छविकुमारी र जेनिशा बने ‘डिसेबिलिटी क्वीन’

बिहीबार, ०२ असार २०७९, २० : ३५
बिहीबार, ०२ असार २०७९

‘मिस एण्ड मिसेस् डिसेबिलिटी क्वीन नेपाल २०२२’ को उपाधि छविकुमारी ओली र जेनिशा कडायतले जितेका छन् । छविकुमारी मिसेस् र जेनिशाले ‘मिस’ तर्फको उपाधि विजेता बनेका हुन् । 

‘ग्रीन आर्टस् मिडिया’ आयोजक रहेको प्रतियोगीतामा फस्ट रनर अप’ नीशा क्षेत्री, ‘सेकेन्ड रनर अप’ मा धनमाया बुढा मगर र ‘थर्ड रनर अप’ मा सुनिता चिमौरिया भए । अपाङ्गता भएकाहरुको आत्मविश्वास बढाउने, व्यक्तित्व विकास गर्ने र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको यो दोस्रो संस्करण हो ।

राजधानीमा एक समारोहका बीच आयोजित प्रतियोगितामा सहभागीहरुले नृत्य, गायन, कविता वाचन र अभिव्यक्ति मार्फत् आ–आफ्नो प्रतिभा समेत देखाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप