पूर्वप्रधानसेनापति क्षेत्रीले लेखेको पत्र आधिकारिक : नेपाली सेना
अमेरिकाको नेशनल गार्डसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि नेपाली सेनाले धारणा सार्वजनिक गरेको छ । सेनाका प्रवक्ता नारायण सिलवालले सन २०१५ मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई पत्र पठाएको स्वीकार गरे । सरकारको स्वीकृत लिएरै सेनाले अमेरिकालाई पत्र लेखेको उनको भनाइ छ ।
पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्नुपर्ने कुरा नभएको उनको भनाइ छ । त्यो पत्र आधिकारिक भएको भन्दै यसको अध्ययनका विषयमा आकस्मिक बैठक बसेको भन्ने कुरा अनावश्यक हल्ला भएको सिल्वालले बताए ।
उनले भने, 'आज सार्वजनिक भएको पत्र सही हो । त्यसको मिति पनि त्यही हो । तर हामीले सैन्य रणनीतिका लागि पत्र लेखेको होइन ।' उक्त पत्रमा अमेरिकी सेनासँग सहकार्य गर्ने, विपद्‌ व्यवस्थापमा सहयोग लिनेलगायतका कुराहरु भएको र जुन नेपाली सेनाले गर्दै आएको कुरा भएको उनले बताए ।
साथै उनले बुधबार सार्वजनिक गरेको विज्ञप्तिका विषयमा अक्षरश ठिक भएको पनि बताए । 'सार्वजनिक भएको भनिएको सम्झौताका विषयमा नेपाली सेनालाई कुनै जानकारी छैन। अहिलेसम्म एसपीपीका विषयमा कुनै सम्झौता भएको छैन र आगामी दिनमा त्यस्तो सम्झौता नहुने पनि सेनाले स्पष्ट पारिसकेको छ,' उनले भने ।
२०७२ को भूकम्पपछि उद्धारमा सहयोग गरेको अमेरिकी मित्रराष्ट्रलाई थप सहयोगका लागि अनुरोध गरिएको उनले बताए । सो पत्रमा एसपीपी सम्झौताका लागि कुनै आग्रह नगरिएको सिल्लवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

