शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस सरकारले एसपिपीबारे कुनै सम्झौता गर्दैन : नेता लेखक

बिहीबार, ०२ असार २०७९, १९ : ३१
बिहीबार, ०२ असार २०७९

नेपाली काँग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी)बारे काँग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौता नगर्ने बताएका हुन् । “प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको क्रममा एसपिपी सम्झौता गर्दै हुनुहुन्छ भनेर भ्रम फैलाइएको छ, यो असत्य कुरा हो,”– नेता लेखकले भने।
 
उनले वर्तमान सरकारले देशको वैदेशिक सम्बन्धका आधारभूत मान्यता र संविधानको व्यवस्थाभन्दा बाहिर गएर कुनै सम्झौता नगर्ने स्पष्ट पारे । सरकारले एसपिपी सम्झौताबारे के भइरहेको छ भन्ने बारेमा जनतामाझ ल्याउनुपर्ने उनको भनाइ थियो ।
 
नेता लेखकले आफ्नो पार्टी जहिले पनि परराष्ट्र नीति निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने गरेको उल्लेख गरे । सबै देशसँग काँग्रेसले मित्रवत र सन्तुलित सम्बन्ध कायम गर्दै आएको उनको भनाइ थियो । लेखकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्वभाविक भएकाले यसबारे अनावश्यक टिकाटिप्पणी गर्न नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप