शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महँगी नियन्त्रण गर्ने लक्ष्यका साथ अमेरिकामा २८ वर्षयताकै उच्च ब्याजदर वृद्धि

बिहीबार, ०२ असार २०७९, १९ : ११
बिहीबार, ०२ असार २०७९

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्ब(फेड)ले बढ्दो महँगी नियन्त्रण गर्नको लागि २८ वर्ष यताकै धेरै अर्थात ०.७५ प्रतिशतले व्याज दर वृद्धि गरेको छ । लामो समयमा यो कदमले महँगी घटाउने भए पनि केही महिनाभित्र भने अर्थतन्त्रमा सुस्तता ल्याउने र बेरोजगारी बढाउने प्रक्षेपण गरिएको छ । 

यसअघि लिइएका कदमले महँगी नियन्त्रणमा न्युन सफलता हासिल भएको पछिल्लो तथ्याकंले देखाएपछि बुधबार फेडले व्याज दर वृद्धिको घोषणा गरेको हो । 
अब बैंकबाट ऋण लिँदा महँगो पर्नेछ । 

अमेरिकी कंग्रेसको मध्यावधि चुनाव नजिकिँदै गर्दा महँगीका कारण राष्ट्रपति जो बाइडेन अलोकप्रिय बन्दै गएको र यसले डेमोक्रेटिक पार्टीको मतमा असर पर्ने अनुमानमाझ यस्तो कदम चालिएको प्रक्षेपण छ । 

अमेरिकामा पछिल्लो समय महँगी चार दशक यताकै उच्च ८.६ प्रतिशत पुगेपछि त्यसको असर आम मानिसले महसुस गर्न थालेका छन् । 

युक्रेनमाथि रुसी आक्रमणका कारण बढेको उर्जा मूल्यको असरबाट अमेरिका पनि अछुतो रहन सकेको छैन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप