बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

आर्थिक विधेयकमाथि ६ असारदेखि दफावार छलफल हुने

बिहीबार, ०२ असार २०७९, १८ : ३१
बिहीबार, ०२ असार २०७९

संसदमा आर्थिक विधेयक २०७९ माथि ६ असारदेखि दफावार छलफल हुने भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्तावलाई प्रस्तुत गरेका थिए ।

सो प्रस्तावलाई स्वीकृत गरेपछि सो विधेयकमाथि ६ असार सोमबारदेखि दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले मिति तोकेका हुन् । 

बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई  बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्काे बैठक ३ असार शुक्रबार दिउँसो १ बजे बस्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप