आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

युक्रेन दुई वर्षपछि विश्व नक्सामा रहने ग्यारेन्टी छैन : पूर्व रुसी राष्ट्रपति

बिहीबार, ०२ असार २०७९, १८ : २४
बिहीबार, ०२ असार २०७९

पूर्व रुसी राष्ट्रपति दिमित्री मेद्भेदेवले युक्रेन दुई वर्षमा अस्तित्वमा रहने विषयप्रति शंका व्यक्त गरेका छन् ।  ‘युक्रेनले उसका विदेशी स्वामित्वकर्ताबाट दुई वर्षमा भुक्तानी गर्ने गरी लिक्विफाइड न्याचुरल ग्यास(एनएनजी) खरिद गर्न चाहेको सन्देश देखें, जुन बिना आगामी जाडोमा उनीहरु जाडोले जम्नेछ ,’ हाल रुसको सुरक्षा परिषदका उपाध्यक्ष रहेका मेद्भेदेवले टेलिग्राम पोष्टमा लेखेका छन् । 

‘यस्तोमा प्रश्न उठ्छः दुई वर्षपछि पनि युक्रेन विश्व नक्सामा रहन्छ भनेर कसले ग्यारेन्टी दिन सक्छ ?’ उनले अगाडि भनेका छन् । युक्रेनी राष्ट्रपतिका सहयोगी मिखाइलो पादोलीयाकले मेदभेदेवको भनाईमा आक्रोसपूर्ण प्रतिक्रिया दिएका छन् ।

‘युक्रेन पहिले पनि थियो, अहिले छ र पछि पनि रहनेछ । प्रश्न त दुई वर्षमा मेद्भेदेव कहाँ हुनेछ भन्ने हो ,’ मिखाईलो पादोलीयाकले ट्वीट गर्दै भनेका छन् । 
 अल जजिराबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप