शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'चिसो मान्छे' को चर्चा : शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मबारे के भन्छन् स्वस्तिमा र अर्पण ? (भिडियो वार्ता)

चलचित्रको मुख्य मात्र नै बाकसको ‘चिसो मान्छे’
बिहीबार, ०२ असार २०७९

दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र 'चिसो मान्छे' असार ३ गते अर्थात भोलि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । प्रदर्शनको संघारमा आइपुग्दा चलचित्रका दुई पात्र स्वस्तिमा खड्का र अर्पण थापा प्रमोसनमा व्यस्त छन् । चलचित्र चिसो मान्छेको पोष्टर सार्वजनिक हुँदादेखि नै चर्चामा रह्यो ।  चलचित्रमा स्वस्तिमा खड्काले निर्वाह गरेको सुदूरपश्चिमको बाजुराली पात्र र उनको लवजले पनि चर्चा पाइरहेको छ ।

सार्वजनिक टिजर र ट्रेलरमा देखिएका तीन पात्र स्वस्तिमा, अपर्ण र देशभक्त खनाल अनि एक मृत ‘चिसो’ मान्छेको कथा नै फिल्मको पूर्ण स्वरुप रहेको निर्माण टिमको दावी छ । त्यसमा पनि फिल्मको कथा अनि मुख्य पात्र भनेकै सोही चिसो मान्छे भएको स्वस्तिमा र अर्पणको दावी छ । 

उनीहरू भन्छन्, ‘एउटा चिसो मान्छे कै कारण काठमाडौंदेखि बाजुरासम्मको यात्रा तय भएको छ, पात्रहरू जन्मिएका छन्।’ पात्र, परिवेश, विषयवस्तु लगायतले अपेक्षित मानिएको चलचित्रका दुई पात्र स्वस्तिमा खड्का र अर्पण थापासँग रातोपाटीका लागि कार्यक्रम टक विथ द टपमा गरिएको विशेष संवाद:

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया