नेपाल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा डाटा शुल्क नलाग्ने
बिहीबार, ०२ असार २०७९, १७ : ५०
नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सो विशेष सुविधा दिने गरी असार १ गते सम्झौता भएको छ ।
सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाइनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरे । सो सम्झौता अनुशार नेपाल टेलिकमको मोवाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोवाइल बैंकिङ्ग रजिष्टार गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोवाइल बैंकिङ्ग एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो सुबिधा सिमित समयको लागि प्रदान गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन