भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।
निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढाएर पठाएको छ ।
भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले जनाएको छ । अहिले पेट्रोल प्रतिलिटर एक सय ७८ रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य दुई सय नौ रुपैयाँ २८ पैसा पुगेको निगमले जनाएको छ ।
यस्तै डिजलमा अब प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमले जनाएको छ ।
नयाँ मूल्यसूचीका आधारमा पाक्षिक रूपमा पेट्रोलमा ९५ करोड, डिजलमा दुई अर्ब ९१ करोड, हवाई इन्धन आन्तरिकमा ६६ लाख र खाना पकाउने एलपी ग्यासमा एक अर्ब १४ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ । यस्तै मासिक पेट्रोलियम पदार्थमा नौ अर्ब ६३ करोड रुपैयाँ घाटा हुने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदर धपाउने क्रममा करेन्ट लागेर मृत्यु
-
घुस दिँदादिँदै पक्राउ परेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सापकोटा दोषी ठहर
-
कार्यान्वयन योग्य बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव
-
१० बजे १० समाचार : रास्वपाको महाधिवेशन सर्यो–राप्रपा निषेधित क्षेत्रमा, प्रहरीको बढुवामा गोलमाल
-
सोलुखुम्बुको थामेमा आरोही सम्मेलन हुने
-
मुम्बईविरुद्ध १६२ रनमै रोकियो हैदरावाद, चलेनन् ब्याटर