उपत्यका बाहिरका १० जिल्लामा उद्योग खोले ५० प्रतिशत कर छुट पाइने
बागमती प्रदेश सरकारले काठमाडौं उपत्यका बाहिरका अन्य जिल्लामा उत्पादनमुलक उद्योग खोले त्यस्तो उद्योग तथा कम्पनीलाई जग्गा खरिदमा राजस्वको ५० प्रतिशत छुट दिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि अनुमानित आय व्ययसहितको प्रादेशिक बजेट सार्वजनिक गरेको बागमती प्रदेशले यस्तो घोषणा गरेको हो ।
काठमाडौं उपत्यकाभित्र सञ्चालित उत्पादनमूलक उद्योगले आफ्नो कारखाना उपत्यका बाहिरका यस प्रदेश अन्तर्गतका जिल्लाहरुमा स्थानान्तरण गर्न उद्योगका नाममा जग्गा खरिद गरेमा लाग्ने घर जग्गा रजिष्ट्रेशन शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको प्रदेश सरकारले बताएको छ । यसबाट उपत्यकाको वातावरण प्रदुषण घटाउन सघाउ पुग्ने विश्वास प्रदेश सरकारले लिएको छ ।
यस्तो छुट उपत्यका बाहिरका (काठमाडौं, भक्तपुर र ललितपुर बाहेकका) नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन र रसुवा जिल्लामा उद्योग खोलेमा यस्ता उद्योगका लागि खरिद गरिने जग्गामा ५० प्रतिशत कर छुट पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का