खेलाडीलाई प्रशिक्षकले क्याम्प छोड्न लगाएका थिए : नवयुग
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान नवयुग श्रेष्ठले मुख्य प्रशिक्षक अब्दुल्लाहले खेलाडीहरुलाई क्याम्प छोड्न बाध्य पारेको बताएका छन् । एएफसी एसियन कप छनोट खेल खेलेर नेपाल फर्केका कप्तान नवयुगले पत्रकारहरुसँग कुरा गर्दै त्यो समयमा आफूपनि क्याम्पमा नै भएका कारण खेलाडीलाई प्रशिक्षकले नै क्याम्प छोड्न बाध्य बनाएको बताए ।
‘खेलाडीहरु आफै निस्केको होइन । म पनि थिए त्यति खेर । प्रशिक्षकसँग खटपट हुँदा प्रशिक्षकले तिमीहरु जान सक्छौ भनेर भन्नु भएको थियो । त्यसपछि खेलाडीहरु निस्केका हुन,’ नवयुगले भने । नवयुगले त्यसपछिको विवादका बारेमा आफूलाई केही पनि थाहा नभएको बताए । उनले खेलाडीहरु प्रति प्रशिक्षकले गरेको व्यावहार चित्त नबुझ्दो भएको बताए ।
कप्तान नवयुगले सिनियर खेलाडीहरु टिममा भएको भए प्रदर्शन अझै राम्रो हुने बताए । अनुभवी खेलाडीको टिममा अभाव खड्केको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण