खेलाडीलाई प्रशिक्षकले क्याम्प छोड्न लगाएका थिए : नवयुग

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान नवयुग श्रेष्ठले मुख्य प्रशिक्षक अब्दुल्लाहले खेलाडीहरुलाई क्याम्प छोड्न बाध्य पारेको बताएका छन् । एएफसी एसियन कप छनोट खेल खेलेर नेपाल फर्केका कप्तान नवयुगले पत्रकारहरुसँग कुरा गर्दै त्यो समयमा आफूपनि क्याम्पमा नै भएका कारण खेलाडीलाई प्रशिक्षकले नै क्याम्प छोड्न बाध्य बनाएको बताए ।
‘खेलाडीहरु आफै निस्केको होइन । म पनि थिए त्यति खेर । प्रशिक्षकसँग खटपट हुँदा प्रशिक्षकले तिमीहरु जान सक्छौ भनेर भन्नु भएको थियो । त्यसपछि खेलाडीहरु निस्केका हुन,’ नवयुगले भने । नवयुगले त्यसपछिको विवादका बारेमा आफूलाई केही पनि थाहा नभएको बताए । उनले खेलाडीहरु प्रति प्रशिक्षकले गरेको व्यावहार चित्त नबुझ्दो भएको बताए ।
कप्तान नवयुगले सिनियर खेलाडीहरु टिममा भएको भए प्रदर्शन अझै राम्रो हुने बताए । अनुभवी खेलाडीको टिममा अभाव खड्केको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पासपोर्ट नवीकरण सहज बन्दै
-
सङ्घीय निजामती सेवा ऐनको शीघ्र निर्माणको माग गर्दै लुम्बिनीका चार कर्मचारी सङ्गठनद्वारा ज्ञापन पत्र
-
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
-
शिक्षामन्त्रीको राजीनामासँगै दबाबमा प्रधानमन्त्री
-
उपसचिव हुँ भन्दै ठगी गर्ने एक महिला पक्राउ
-
तत्काल प्रमुख निर्वाचन आयुक्त नियुक्त नगर्ने ओलीको ‘मुड’