सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघले गर्यो स्वागत

बिहीबार, ०२ असार २०७९, १७ : ०६
बिहीबार, ०२ असार २०७९

नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघहरूको हालै सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेको छ । महासंघको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल इँटा उद्योग महासंघ, नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस्, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बिउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई खादा लगाई स्वागत एवं बधाई दिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा वस्तुगत संघहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उद्योगधन्दाको विस्तार, रोजगारी सृजना, पूँजी निर्माणमा ताईहरूको योगदानलाई महासंघले सधै उच्च प्राथमिकता दिएको छ, अध्यक्ष गोल्छाले भने, ‘महासंघले अगाडि सारेको भिजन पेपरका लक्ष्यलाई पुरा गर्ने कार्यमा पनि ताईहरूको सहयोग महासंघले खोजेको छ ।’

आफ्ना सवै सदस्यहरूसँग पर्याप्त छलफल गरेर भिजन पेपर तयार पारिएको स्मरण गर्दै अध्यक्ष गोल्छाले भने, ‘अव यसले लिएका लक्ष्य पुरा गर्ने कार्यमा तपाईहरूले आ–आफना स्थानबाट नेतृत्व लिएर अगाडि बढ्नुहोस् तपाईहरुलाई के कस्तो सहयोग चाहिन्छ, महासंघले सहयोग गर्छ ।’ साथै उनले नवनिर्वाचित पदाधिकारीहरूको सफल कार्यकालको शुभकामना पनि दिए ।

स्वागत एवं बधाई कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले महासंघको शक्ति नै सदस्य संघहरू भएकाले आफ्ना सदस्यहरूको सहयोग र सहकार्यमा निजी क्षेत्रका चुनौतीको सामना गर्दै मुलुकभित्र उद्योग व्यवसाय विस्तार, रोजगारी सृजनामा महासंघ लागिरहेको स्पष्ट पारे । निजी क्षेत्रका अगाडि समस्याको पहाड रहेकाले ती समस्याहरूलाई पन्छाएर काम गर्न निजी क्षेत्रबीच एकता र सहकार्य आवश्यक भएकोमा जोड दिए । 

उपाध्यक्षद्वयले भने, ‘तपाईहरूले आफ्ना क्षेत्रमा क्याप्टेनको भूमिकामा रहेर जिम्मेवारी निर्वाह गर्न र आफ्नो कार्यकालमा आफ्ना क्षेत्रमा उल्लेख्य कार्य गर्न सफल हुनुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप