आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फुडमाण्डुले उपाय सिटी कार्गोसँग समन्वय गर्दै

बिहीबार, ०२ असार २०७९, १६ : ५७
बिहीबार, ०२ असार २०७९

नेपालको पहिलो फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्नो डेलिभरी सेवा अझ सहज सुलभ पार्न अनलाइन लजिष्टिक कम्पनी उपाय सिटी कार्गो सँग समन्वय गर्ने भएको छ । अनलाइन फुड डेलभरीमार्फत हाम्रो ग्राहकहरुको जीवन सजिलो बनाउनका लागि उपायसिटी कार्गोसँग समन्वय गर्ने भएको हो ।

‘कहिलेकाहीँ हाम्रो राइडरहरुको क्षमता भन्दा बढी अर्डरहरू आउँछन्, तब केही डेलिभरीहरुमा ढिलाइ हुने वा केही समयको लागि अर्डरहरू लिन रोक्नुपर्ने अवस्था आउँछ,’ फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक, मनोहर अधिकारीले भने, ‘। यस्तो अवस्थामा अब भने उपाय सिटीका राइडरहरु मार्फत डेलिभरी गर्ने छौँ ।’

यस सहकार्यको सहज कार्यान्वयनको लागि फुडमाण्डुले उपाय सिटीका राइडरहरुलाई खाना डेलिभरी गर्नका लागि विषेश प्रशिक्षण दिने बताइएको छ । फुडमाण्डुले यो सहकार्यपछि काठमाडौंका बाहिरी इलाकाहरु र अरु शहरहरुमा डेलिभरी सेवा विस्तार गर्दा पनि उपाय सिटीलाई साझेदारीमा लिने सोचमा रहेको कुरा जनाएको छ ।

यससँगै उपाय सिटीले पनि फुडमाण्डुलाई कोल्ड चेन बक्स र झोलाहरूबाट फ्रोजन तथा चिसो साद्यान्न डेलिभरीजस्तै थप सेवाहरु प्रदान गर्ने छन् । ‘यो सहकार्यमार्फत हाम्रो राइडरहरुले अफ आवरहरुमा पनि फुडमाण्डुबाट थप यात्राहरू पाउने छन्, जसले गर्दा राइडरहरुले थप आम्दानी गर्न सक्नेछन्,’ उपायका प्रबन्ध निर्देशक सुमन रायमाझी भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप