बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले एसपीपी स्वीकार गर्दिनँ भन्नुपर्छ : भीम रावल

बिहीबार, ०२ असार २०७९, १६ : ५१
बिहीबार, ०२ असार २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा.भीमबहादुर रावलले नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गर्नुपर्ने बताएका छन् । उनले एसपीपीप्रति असहमति जनाए । नेता रावलले नेपालले स्टेट पार्टनरसीप प्रोग्राम सम्झौता गरेमा शक्ति राष्ट्रको कठपुतली बन्ने पनि दाबी गरे ।

 रिपोर्टर्स क्लब नेपालमा पूर्व सुरक्षाकर्मी परिषद् नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एसपीपीमा सहभागी भए नेपालको भविष्य र सुरक्षाको खतरा हुने पनि टिप्पणी गरे । स्टेट पार्टनरसीप प्रोग्रामको दिशातर्फ गएमा नेपाल अमेरिकी सेनाको अखडा हुने उनको टिप्पणी छ ।

रावलले भने– ‘नेपालको संविधान मिचिन्छ ।  नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ । र, नेपाल ठुला शक्ति राष्ट्रको तिव्र प्रतिस्पर्धाको भुमरीमा धकेलिन्छ । नेपाली जनता ध्वस्त हुन्छन्, नेपालमाथि धेरै ठुलो संकट आइलाग्ने र यसको परिणाम नेपालको अस्मिता र अस्तित्वमाथि नै ठुलो खतरा उत्पन्न सिर्जना हुन्छ ।’

नेता रावलले राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको लागि र नेपालको संविधान कार्यान्वयनको लागि राष्ट्रिय सहमति भएमात्रै राष्ट्रहित मान्न सकिने बताए ।  उनले हल्लाको बीचमा एमसीसी पारित गरेजस्तो गरेर फेरि एसपीपीमा सहभागी भएर नेपालमाथि आघात पुर्याउने छुट कसैलाई पनि नभएको उनको चेतावनी छ । 

‘अमेरिकी राजदूतावासले ३ वर्षअघि नै राज्य साझेदारी कार्यक्रम अर्थात स्टेट पार्टनरसीप प्रोग्राममा नेपालले हस्ताक्षर गरिसकेको थियो, अब नेपालले कुनै सम्झौता नै गर्न पर्दैन, तिमी स्वतः सदस्य भयौं भनेर जबर्जस्ती गर्ने भाषामा आएको छ ।’ अमेरिकी राजदूतावासलाई उदृत गर्दै उनले भने,‘म यहीँबाट प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई सुझाव दिन चाहन्छु कि उहाँले नेपाली जनतालाई संविधानको धारा ५१ अनुसार २७९ बमोजिम नेपालले अनुसरण गर्दै आएको स्वाधीन परराष्ट्र नीतिको अनुशरण गर्नेछु, अमेरिकाले भनेपनि म स्वीकार गर्दिनँ, म मान्दिनँ भनेर स्पष्ट भन्नुपर्छ ।’ 

परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्टेट पार्टनरसीप प्रोग्राम नेपालको हितमा भएको र उक्त कार्यक्रम रणनीतिक नभएको भनेको स्मरण गराउँदै नेता रावलले आपत्ति जनाए । तर, नेपाली सेनाले दिएको स्पोष्टोक्तिबाट भने आफु खुशी भएको उनको भनाई छ । 

उनले स्टेट पार्टनरसीप प्रोग्राम अमेरिकाको हिन्द प्रशान्त रणनीति २०१९ को अंग भएको दाबी गरे । उनले यसबाट अमेरिकाले विभिन्न देशसँग सैनिक सम्बन्ध कायम गरेर सैनिक क्षमता बढाइने कुरा प्रष्ट रुपमा सम्झौतामा उल्लेख गरेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप