शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहीबार, ०२ असार २०७९, १६ : ०९
बिहीबार, ०२ असार २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आर्थिक वर्ष २०७४/७५ मा बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा जुगल गाउँपालिकाको तत्कालिन इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सव–इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द यादव, बलेफी लेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा रहेका छन् । 

उनीहरुविरुद्ध दायर गरिएको मुद्दामा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ बिगो दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप