संसद छलेका प्रधानमन्त्री देउवा एनआरएनएको कार्यक्रममा
बिहीबार, ०२ असार २०७९, १५ : ४३
प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका प्रधानमन्त्री देउवा गैर आवासीय नेपालीको संस्था एनआरएनएको कार्यक्रममा सहभागी भएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षमा लागि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग नलिई देउवा सो कार्यक्रममा सहभागी भएका हुन् ।
प्रधानमन्त्री देउवाले बोल्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नीति कार्यक्रम तथा बजेटमाथि गृहमन्त्री बालकृष्ण खाणले बोलेका छन् । आफ्नो मन्त्रालयगत छलफलमा प्रधानमन्त्री देउवा सहभागी नभएपछि नेमकिपाका सांसद प्रेम सुवाल र एमाले सांसद भीम रावलले प्रधानमन्त्रीको खोजी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ