शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदमा प्रधानमन्त्री देउवाको खोजी : अस्पताल हो कि कुन देश गएको हो ?

बिहीबार, ०२ असार २०७९, १५ : २२
बिहीबार, ०२ असार २०७९

प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको खोजी भएको छ । बिहिबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवा नगएपछि सांसदहरुले प्रश्न उठाएका छन् ।

एमाले सांसद भीम रावलले आफ्नो मन्त्रालय अन्र्तगतको बिनियोजन विधेयक र उठेका प्रश्नहरुको जवाफ दिन नसक्ने प्रधानमन्त्रीलाई सो पदमा बस्न नैतिकताले नदिने  बताए । उनले भने–‘अघि त मैले उहाँ उपचार गर्दै हुनुहुन्छ भन्ने हल्ला सुनेको थिए । कपाल कि पेट के दुख्यो भन्ने सुनेको थिए । प्रधानमन्त्री जी सिकिस्त विरामी हुनुहुन्छ भने कुन अस्पतालमा हुनुहुन्छ ? त्यो जानकारी पाउँ । हैन उहाँ यो एसपीपीको सन्र्दभमा अमेरिका जाने कुरा थियो । गृहमन्त्रीले हामी त्यता जाँदैनौं भनेपछि उहाँको त्यो भ्रमण त रद्ध भइसकेको हुनुपर्छ । उहाँ कुन देश जानुभयो वा नेपालमै हुनुहुन्छ कि ?’

सांसद रावलले सभामुख मार्फत लोकतन्त्रको उपहास नगर्न र संसदको उपहास नगर्न माग गरे । उनले भने–‘जनप्रतिनिधि मुलक संस्थाको खिल्ली नउडाइयोस् । प्रधानमन्त्री स्वयं आएर यो प्रतिनिधि सभामा जवाफ दिइयोस् । कमसेकम प्रधानमन्त्री कार्यालयको जवाफ दिन नसक्नेलाई नैतिकताले त्यो पदमा बस्न दिन्छ ?’

उनले प्रधानमन्त्रीलाई न्यूनतम नैतिकताको पालना गर्दै संसदमा आएर जवाफ दिन आग्रह गरे । प्रधानमन्त्री बिरामी हो भने कुन अस्पतालमा रहेको र वार्ता गर्दै हो भने कुन देशमा राजदूतसँग वार्ता गर्दै हो त्यसबारे जानकारी गराउन आग्रह गरे । यसअघि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि प्रधानमन्त्री देउवाको खोजी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप