नेप्सेमा दोहोरो अंकको वृद्धि, १ अर्ब १८ करोडको कारोबार
बिहीबार, ०२ असार २०७९, १५ : १८
लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १२.५७ अंकले बढ्दै १९ सय ७८.९४ विन्दुमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ समेत आज ३.१० अंकले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ ।
दोहोरो अंकले नेप्से बढेको बजारमा आज कारोबार रकम भने १ अर्ब १८ करोडमा नै सीमित हुन पुगेको छ । यसदिन १३ वटा उपसूचकमध्ये जीवन बीमा समूह र इन्भेष्टमेन्ट समूह बाहेकका अन्य ११ उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् । आज सबैभन्दा बढी अन्य समूहको उपसूचक २.८१ प्रतिशतले बढेको छ भने जीवन बीमा र इन्भेष्टमेन्ट समूहको उपसूचक क्रमशः ०.०४ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ ।
आज आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण