सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु

बिहीबार, ०२ असार २०७९, १५ : १०
बिहीबार, ०२ असार २०७९

कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिए ।

विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो । साथमै गएकी मृतक विककी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विक दम्पतीलाई मान्म बजारबाट घर जाँदै गरेका बेला खोलामा बाढी आएर बगाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप