घनश्यामलाई ओलीको जवाफ : समयक्रममा हिसाब हुन्छ
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बसेर नेतृत्वलाई बदनाम गराउनेको समयक्रमा हिसाब किताब हुने बताएका छन् । काठमाडौंमा एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई विहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्वलाई दानवीकरण गर्न र अलोकप्रिय बनाउन एमालेकै नेताहरु लागि परेको दाबी गरे । उनले कसैको पनि नाम उल्लेख नगरी पार्टी र नेतृत्व बदनाम गर्नेहरुलाई समयले नछोड्ने चेतावनी दिए ।
एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले ओलीमाथि कडा टिप्पणी गर्दै आएका छन् । यस्तै क्रममा उनले बुधरबार मात्र पनि संसद विघटन र नेकपा विभाजनमा ओलीले जिम्मेवारी लिनुपर्ने बताएका थिए । भुसालको उक्त अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले भने, ‘पार्टी नेतृत्वलाई कसरी मदनाम गर्न सकिन्छ, विस्तापित गर्न सकिन्छ, दानवीकरण गर्न सकिन्छ, कसरी अलोकप्रिय बनाउन सकिन्छ । ती कामहरु पार्टीभित्र बसेर भइरहेको छ । त्यसको समय क्रममा समयले हिसाब किताब गर्ने छ । त्यमसा धेरै चिन्ता नगरौं ।’
भुसालप्रति संकेत गर्दै ओलीले पार्टीको ओहोदामा बसेर पार्टीकै बेइज्त गर्न लागि परेकाके आरोप लगाए । ‘कतिपय व्यक्ति पार्टीमा बसेका छन् । पार्टीले दिएका पद ओहोदा र सुविधाको उपभोग गरिरहेका छन्,’ ओलीले भने, ‘त्यो हैसियत प्रयोग गरिरहेका छन् । पार्टीको कसरी अपमान हुन्छ, पार्टीको कसरी बेइज्जत हुन्छ, पार्टीको कसरी अपमान हुन्छ । हो त्यही त्यही काम पनि गरिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण