बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको महिला संगठन अध्यक्षमा रावल

बिहीबार, ०२ असार २०७९, १५ : ०६
बिहीबार, ०२ असार २०७९

राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

रावलले पछिल्लो एक दशकदेखि राप्रपामा आबद्ध रहि विभिन्न जिम्मेवारी सम्हालेकी थिइन् । रावललाई तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने म्यान्डेट दिइएको छ । यसअघि अध्यक्ष रहेकी कुन्ती शाही पार्टीको महामन्त्री निर्वाचित भएपछि संगठनमा अध्यक्ष पदबाट राजीनामा गरेकी थिइन् ।

 संगठनमा आबद्ध महिलाहरुको पटकपटक भएको भेलाबाट नेतृत्वमा सहमति नभएपछि अध्यक्ष टुंगो लगाइदिन पार्टीलाई अनुरोध समेत गरेका थिए । पार्टीको भातृ संगठन हेर्ने संयोजित संगठन विभागका प्रमुख राजेन्द्र गुरुङको सिफारिसमा पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले रावललाई संगठनको अध्यक्ष पदमा मनोनयन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप