प्रहरीको हालसम्मकै ठूलो अप्रेशन : १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध बरामद

लागूऔषध कारोबारी विरुद्ध प्रहरीले हालसम्मकै ठूलो अप्रेशन सफलतापूर्वक सम्पन्न गरेको छ । केही दिनको बीचमा लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद गरेको छ ।
ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेको छ । ब्यूरोले ५१ केजी सेतो हेरोइनसहित ७ जना दक्षिण अफ्रिकन महिलालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोस्र्ट रहेका छन् ।
ब्युरोका अनुसार यो लागुऔषध विरुद्धको अहिलेसम्मकै ठुलो अपरेशन हो । चार दिन लामो अपरेशन चलाएर ब्यूरोले ५१ किलो सेतो हेरोइन बरामद गरिएको ब्युरोका एसपी श्रेष्ठले जानकारी दिए । सो लागुऔषध दुवईबाट काठमाडौं ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ
-
सूचना लुकाएको भन्दै काभ्रे बहुमुखी क्याम्पससँग राष्ट्रिय सूचना आयोगद्वारा लिखित जवाफ माग
-
डिजिटल प्रविधिको प्रयोग र विस्तारमा सम्भावनाहरूको खोजी गरिरहेका छौँ : मुख्यमन्त्री कँडेल
-
भुवन गिरीले सफाइ पाएपछि विरोध प्रदर्शनमा उत्रिइन् आरती, प्रहरीले नियन्त्रणमा लिएर छाड्यो