प्रहरीको हालसम्मकै ठूलो अप्रेशन : १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध बरामद
लागूऔषध कारोबारी विरुद्ध प्रहरीले हालसम्मकै ठूलो अप्रेशन सफलतापूर्वक सम्पन्न गरेको छ । केही दिनको बीचमा लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद गरेको छ ।
ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेको छ । ब्यूरोले ५१ केजी सेतो हेरोइनसहित ७ जना दक्षिण अफ्रिकन महिलालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्शाबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केले जान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजान कोफु र मार्लिज बाडेनहोस्र्ट रहेका छन् ।

ब्युरोका अनुसार यो लागुऔषध विरुद्धको अहिलेसम्मकै ठुलो अपरेशन हो । चार दिन लामो अपरेशन चलाएर ब्यूरोले ५१ किलो सेतो हेरोइन बरामद गरिएको ब्युरोका एसपी श्रेष्ठले जानकारी दिए । सो लागुऔषध दुवईबाट काठमाडौं ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण