संसदमा गृहमन्त्री खाँणको दावी– ‘अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल सहभागी भएकै छैन’
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल अमेरिकासँगको स्टेट पार्टनरसीप कार्यक्रममा आबद्ध नभएको दावी गरेका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खाँणले सो सम्झौतामा सहभागी हुने कुनै सोच समेत नरहेको बताए ।
उनले विगतदेखि नै अमेरिकी र नेपाली सेनाबीच सद्भावना भ्रमण हुने गरेको बताउँदै दुवै देशका सेनाबीच व्यवसायिक प्रशिक्षण र सहयोग आदान प्रदान हुँदै आएको बताए । अन्य देशका सेनासँग पनि व्यवसायिक प्रशिक्षण र सहयोग आदान प्रदान हुँदै आएको उनले बताए ।
उनले भने– ‘हाल चर्चामा ल्याइएको अमेरिकासँगको स्टेट पार्टनरसीप कार्यक्रममा नेपाल आवद्ध हुने सरकारले कुनै निर्णय गरेको छैन र गर्ने सोच पनि राखेको छैन । स्टेट पार्टनरसीप कार्यक्रमको बारेमा धेरै कुराहरु उठेको छ, नेपाल सरकारको तर्फबाट सम्माननीय सदन समक्ष स्पष्ट पार्न चाहन्छु, अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल सहभागी भएकै छैन ।’
यसबारे नेपाल सरकारले कुनै निर्णय नगरेको उनको दावी छ । निर्णय गर्ने सोच पनि नराखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण