शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा गृहमन्त्री खाँणको दावी– ‘अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल सहभागी भएकै छैन’

बिहीबार, ०२ असार २०७९, १४ : ४९
बिहीबार, ०२ असार २०७९

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल अमेरिकासँगको स्टेट पार्टनरसीप कार्यक्रममा आबद्ध नभएको दावी गरेका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खाँणले सो सम्झौतामा सहभागी हुने कुनै सोच समेत नरहेको बताए ।

उनले विगतदेखि नै अमेरिकी र नेपाली सेनाबीच सद्भावना भ्रमण हुने गरेको बताउँदै दुवै देशका सेनाबीच व्यवसायिक प्रशिक्षण र सहयोग आदान प्रदान हुँदै आएको बताए । अन्य देशका सेनासँग पनि व्यवसायिक प्रशिक्षण र सहयोग आदान प्रदान हुँदै आएको उनले बताए । 

उनले भने– ‘हाल चर्चामा ल्याइएको अमेरिकासँगको स्टेट पार्टनरसीप कार्यक्रममा नेपाल आवद्ध हुने सरकारले कुनै निर्णय गरेको छैन र गर्ने सोच पनि राखेको छैन । स्टेट पार्टनरसीप कार्यक्रमको बारेमा धेरै कुराहरु उठेको छ, नेपाल सरकारको तर्फबाट सम्माननीय सदन समक्ष स्पष्ट पार्न चाहन्छु, अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल सहभागी भएकै छैन ।’

यसबारे नेपाल सरकारले कुनै निर्णय नगरेको उनको दावी छ । निर्णय गर्ने सोच पनि नराखेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप