शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२५ वर्षकी युवतीका ७० वर्षका श्रीमान् : भन्छन्, ‘दुनियाँको पर्वाह छैन’

बिहीबार, ०२ असार २०७९, १४ : ३९
बिहीबार, ०२ असार २०७९

क्यानडामा २५ वर्षकी एक युवतीले ७० वर्षका वृद्धसँग विवाह गरेकी छिन् । यी  दुईका दुई वर्षको छोरा पनि छन् । श्रीमान्–श्रीमतीको उमेरबीच ४५ वर्षको अन्तर भए पनि यसले प्रेममा कुनै कमी निम्त्याएको छैन । उनीहरु खुसीसाथ एक अर्काको आड भरोसा बनेर जीवनयापन गरिरहेका छन् ।

‘लभ डन्ट जज’ नामको शोमा यी दुईले आफ्नो कथा सुनाएका छन् । त्यसपछि यो अचम्मको प्रेमको चर्चा विश्वभर भइरहेको छ ।

पहिलो भेट पबमा भएको थियो, एक अर्कालाई मन पराए

डन र स्टेफनी पहिलो पटक पाँच वर्षअघि पबमा भेटेका थिए । त्यसबेला डन ६५ वर्षका थिए । जबकी स्टेफनी २० वर्षकी मात्र थिइन् । स्टेफनी त्यहि पबमा काम गर्थिन् । डन त्यहाँ बारम्बार जाने गर्थे । बिस्तारै यी दुई एक अर्काको मायामा पर्न थाले । स्टेफनीले एक पत्रकारसँगको कुराकानीमा भनेकी थिइन्, ‘डन जतिबेला पब आउँथे, उनलाई देखेर म खुसी हुन्थेँ ।’

बिहेमा सबैजना छक्क, परिवारले साथ दिए

मिरर डट कमका अनुसार पहिलो भेटको केही समय पछि, स्टेफनी र डनले जीवन सँगै बिताउने निर्णय गरे । दुवै लिभ इनमा बस्न थाले । पछि दुवैले विवाह गर्ने निर्णय गरे । जब स्टेफनीको परिवारलाई छोरीको यो निर्णय बारे थाहा भयो, उनीहरु सुरुमा अलिकति हिच्किचाए तर पछि स्टेफनीको निर्णयलाई समर्थन गरे । स्टेफनीका भाइहरूले पनि यो सम्बन्धको विरोध गरेनन् ।

तर अरु मानिसहरुलाई भने यी दुईको सम्बन्धमा असाध्यै समस्या भयो । स्टेफनी र डनलाई मानिसहरुले के मात्रै भनेनन् । स्टेफीनमाथि डनको जीवन बीमाको पैसाका लागि विवाह गरेको भन्ने आरोपसमेत लाग्यो ।

छोरालाई लिएर बाहिर निस्किँदा मानिसहरू ‘हजुरबुवा’ भन्छन्ः

स्टेफनी र डनको छोरा अहिले २ वर्षका भइसकेका छन् । डन आफ्नो छोरालाई बोकेर बाहिर निस्कँदा धेरैले ठट्टा गर्दै उनलाई बच्चाको हजुरबुवा भनेर बोलाउँछन् । स्टेफनी र डन सडकमा हात समातेर हिँडिराख्दा उनीहरुलाई मानिसहरुले अर्कै नजरले हेर्ने गरेको स्टेफनी बताउँछिन्  ।

दम्पतीले भने, ‘दुनियाँको पर्वाह छैन’

मानिसहरूको राम्रो र नराम्रो प्रतिक्रियाको बीच स्टेफनी र डनले शोमा भने, ‘हामीलाई दुनियाँको पर्वाह छैन । हामी आफ्ना छोरा र परिवारका अन्य सदस्यको बीचमा धेरै खुसी छौँ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप