नेपालमा लगानी भित्र्याउन मन्त्री गहतराजको आग्रह
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली (एनआरएनए) लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् ।
बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासद्वारा आयोजित विशेष भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अथकले आफूले सिकेको सिप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरे । नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न मन्त्री अथकले आग्रह गरे । विगतका असहजता र समस्याहरुलाई हल गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनले बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, रसियास्थित नेपाली दूतावासका कर्मचारी तथा एनआरएनका पदाधिकारीहरूको सहभागिता रहेको थियो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा